सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’


  •    न्युजभित्तो/४ चैत्र २०८२, बुधबार १६:०५ 
  • गोदावरी (कैलाली), ४ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ तथा ग्याँससहित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएका निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

    आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उहाँले पेट्रोलियम पदार्थ तथा ग्याँसलगायत अत्यावश्यक वस्तुको अभाव हुननदिन बजार अनुगमनलाई तीव्रता दिनुपर्ने बताउँदै आपूर्ति व्यवस्थालाई सहज बनाउन सरोकार भएका निकायले आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

    मुख्यमन्त्री शाहले बजार अनुगमन गरी उपभोक्ता संरक्षण ऐन नियमावलीलगायत प्रचलित कानुनबमोजिम गठित अनुगमन समितिले प्रभावकारी रूपमा अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अनुगमन समिति तथा संयन्त्रमार्फत बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।   

    मुख्यमन्त्री शाहले सबै पेट्रोलियम पदार्थ तथा ग्याँस उत्पादक उद्योग र वितरकहरूलाई कालोबजारी, कृत्रिम अभाव, बढी मूल्य लिई बिक्री गर्नेजस्ता क्रियाकलाप हुन नदिनतर्फ सचेत रहन अनुरोध गर्नुभयो ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको अध्यक्षतामा आज बसेको बैठकले बजार आपूर्ति व्यवस्थापन तथा पेट्रोलियम पदार्थ र ग्याँसको नियमन अवस्थाबारे विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । उपभोक्ता संरक्षणसम्बन्धी कानुनअनुसार गठन भएका अनुगमन समिति तथा संयन्त्रमार्फत बजार अनुगमनलाई अझ सुदृढ बनाइने बैठकले निर्णय गरेको हो ।

    त्यस्तै बैठकले पेट्रोलियम पदार्थ तथा ग्याँसका उत्पादक र वितरकहरूलाई कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा बिक्री गरेको पाइएमा सम्बन्धित निकायले प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो । 

    बैठकले पेट्रोलियम पदार्थ र ग्याँसको मितव्ययी प्रयोग गर्न, खपत घटाउन तथा वैकल्पिक ऊर्जाको प्रयोग बढाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सो बैठकले हाल बजारमा कुनै पनि अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या नरहेकाले सर्वसाधारणलाई अनावश्यक हल्लामा नपर्न आग्रहसमेत गरेको छ । 

    छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, सुरक्षा निकायका उच्च अधिकारीहरू तथा नेपाल आयल निगम, उद्योग वाणिज्य सङ्घ र ग्याँस डिलर्सलगायत सरोकार भएका निकायका प्रतिनिधिहरूको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.