राजनीति
काठमाडौँ, १० असोज । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना,...
काठमाडौँ, १० कात्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा...
काठमाडौँ, १० कात्तिक । उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्वपूर्ण अवसरका रुपमा उपयोग गर्न व्रतालुलाई आग्रह गर्नुभएको छ । उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने...
काठमाडौँ, १० कात्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “युवा पुस्ताको...
काठमाडौँ, १० कात्तिक । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो...
काठमाडौँ, १० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “यस पर्वले समाजमा विद्यमान वर्गीय,...
काठमाडौं, ९ कात्तिक । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ दिलाउनुभएको हो...
काठमाडौँ, ९ कात्तिक । सरकारले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको स्पष्ट पारेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको...
काठमाडौँ, २ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आज आस्था र...
काठमाडौँ, ३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गर्नुभएको छ । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक...















