अर्थ / बाणिज्य

पूर्णबजेटको विकल्प थिएन, कार्यान्वयन गरेर देखाउछौं : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं,१६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् । बजेटको कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् । आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने, ‘धेरैले यो बजेटको...

चितवनका सात पालिकाले कुनले कति बजेट पाए अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ?
-न्युजभित्तो

चितवन, १६ जेठ । चितवनका सात पालिकाले संघीय सरकारले पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाले पाएको छ । सबैभन्दा कम ईच्छाकामना गाउँपालिकाले पाएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत भरतपुर महानगरपालिकाले १ अर्ब ६४ करोड २४ लाख...

एमसीसीले पायो ९ अर्ब बजेट
-न्युजभित्तो

काठमाडौं, १६ जेठ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको  अनुदानबाट...

सुनको मूल्य ९४ हजार पुग्यो
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । आइतबार सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो । गत शुक्रबार नेपाली बजारमा छापावाला सुन...

करमा यस्ता छन् छुट तथा सहुलियत
-न्युजभित्तो

काठमाडौँ,१६ जेठ । सरकारले आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरू निर्धारण गर्दा मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित प्रतिकूल अवस्थामा करदातालाई राहत एवम् सहुलियत सहित  शीघ्र आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको छ। कोभिड- 19 महामारीबाट प्रभावित उद्योग, व्यवसायलाई...

निरन्तर ओरालो लाग्दै बिट्क्वाइन, १ हजार प्रतिशतले बढ्यो दुबई क्वाइन
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । बिट्क्वाइनसँगै इथेरियम, कार्डानो, डोजक्वाइनलगायतका अन्य क्रिप्टोकरेन्सीहरूको मूल्य लगातार ओरालो लागेको छ । लगातार ओरालो लागेको क्रिप्टोकरेन्सी बजारमा केही साना क्वाइनले भने फाइदा कमाएका छन् । दुबई क्वाइन मात्रै पछिल्लो २४ घण्टामा १,००० प्रतिशत भन्दा धेरैले बढेको...

बजेटमा चितवनका दर्जन बढी योजना : सुरुङमार्ग, जलमार्ग, आर्च ब्रिजदेखि रामन्दिरसम्म
-न्युजभित्तो

चितवन, १६ जेठ । अर्थमन्त्री विष्णु पौडेलले हिजो शनिबार प्रस्तुत गर्नुभएको बजेटमा जिल्लाका विभिन्न एक दर्जन बढी क्षेत्रलाई समेटेको छ । जिल्लाका सबै क्षेत्रलाई समेटेर विभिन्न योजना बजेटले समेटेको हो । सरकारले माडीमा राममन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ...

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
-न्युजभित्तो

काठमाडौं, १५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गर्नुभएको हो । ...

स्वास्थ्य क्षेत्रको लागि एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन
-न्युजभित्तो

काठमाण्डौं, १५ जेठ । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले...

बृद्ध भत्ता मासिक रु. ४ हजार
-न्युजभित्तो

काठमाडौं, १५ जेठ । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता (बृद्ध भत्ता) मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको...