सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मङ्गलसेन नगरपालिकाको रु ५३ करोडको बजेट


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १७:०१ 
  • डोटी, : अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ ।

    ‘नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यायले वडातर्फ १४ वटै वडामा रु तीन करोड ४८ लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।

    नगरपालिकाले पूँजीगततर्फ रु १३ करोड र चालुतर्फ रु २२ करोड विनियोजन गरिएको नपाका सूचना अधिकारी विष्णु जैसीले बताउनुभयो । पहिलेको तुलनामा नगरमा विकासका कार्यले तीब्रता पाएको, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायतमा आफ्नो बलबुताले भ्याएसम्म काम गरेको र जनताले विकासको अनुभव गरेको नगर प्रमुख पदम बोहराले जानकारी दिनुभयो ।

    नगरसभामा गत वर्षको प्रमुख उपलब्धि तथा चालु आर्थिक वर्षको वित्तीय प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यसैगरी नगरसभामा स्वास्थ्य स्वयंसेविका, विभिन्न कर्मचारी, जनप्रतिनिधिलगायत १६ व्यक्तिलाई सम्मानसहित पुरस्कृत गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.