सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनी नगरपालिकाको ९० करोड ७२ लाखको बजेट पारित


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार १८:२२ 
  • खैरहनी (चितवन), १० असार । खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड ७० लाखको बजेट पास गरेको छ । नगरपालिकाको आज बिहीवार सम्पन्न नवौं नगर सभामा उपप्रमुख सुनिता थपलियाले प्रस्तुत गर्नुभएको सो बजेट नगरसभाले पारित गरेको हो ।

    प्रस्तुत वजेट अनुसार कुल खर्च मध्ये चालु तर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगत तर्फ ४६ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको छ । विभिन्न कोषहरुमा ८५ लाख रुपैयाँ छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख थपलियाले आन्तरिक आय १४ करोड ६५ लाख रहेको बताउनुभयो । जिल्ला समन्वय समितिबाट प्राप्त हुने १ करोड, संघीय सरकार सशर्त अनुदान २३ करोड ६८ लाख, संघीय सरकार समानिकरण अनुदान १७ करोड २० लाख, संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने ९ करोड ५५ लाख, संरक्षित वन रोयल्टीबाट ३० लाख, संघीय सरकार विषेश अनुदान १ करोड २५ लाख आम्दानी हुने नगरपालिकाले जनाएको छ ।

    त्यस्तै प्रदेश सरकार सशर्त अनुदान ३ करोड ६१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ४९ लाख, प्रदेश सरकारबाट वाँडफाँड भई प्राप्त हुने रकम ५ करोड ९८ लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ४९ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने ४० लाख, तरकारी तथा फलफूल मूल्य श्रृंखला विकास आयोजनाबाट १० लाख र चालु वर्षको वैंक मौज्दात १० करोड गरी कुल ९० करोड ७२ लाख ६३ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ । पूर्वाधार विकासमा सवैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापनका लागि २ करोड ८१ लाख, सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० कराड ९७ लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख थपलियाले वताईन् ।

    खैरहनी नगरपालिकाले आगामी वर्ष आर्थिक क्षेत्रका कार्यक्रम सञ्चालनका लागि कुल १४ करोड ८५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासमा कृषि विकास कार्यक्रम सञ्चालनका लागि ५ करोड ४४ लाख ,पशु विकास कार्यक्रमका लागि २ करोड ८० लाख, जलश्रोत तथा सिंचाईका लागि ५ करोड ४१ लाख,पर्यटन विकासमा ७२ लाख,उद्योग तथा बाणिज्यका लागि ४० लाख,सहकारी विकासका लागि ८ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।

    सामाजिक विकास क्षेत्रको कार्यक्रम संचालन गर्न ३० करोड २१ लाख ६३ हजार रुपैयाँ वजेट छुट्याईएको छ । सामाजिक विकासको शिक्षा, युवा तथा खेलकुद विकास कार्यक्रम संचालन गर्न १९ करोढ ७८ लाख ५० हजार,स्वास्थ्य तर्फ ६ करोड २३ लाख ,लैंगिक समानता तथा समावेशीकरण अन्र्तगत लक्षित समुह विकास र गरिवी निवारणका लागि २ करोड ६१ लाख, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लाग २९ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    नगर सभामा नगर प्रमुख लालमणि चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक र विनियोजन विद्येयक सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो । खैरहनी नगरपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कार्य सम्पादन मूल्याङ्नमा चितवनको उत्कृष्ट तथा वागमती प्रदेशको चौथौं नगरपालिका बनेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.