सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज–रक्सौल नाकामा आवतजावतमा कडाइ


  •    न्युजभित्तो/२७ भाद्र २०८२, शुक्रबार १६:३४ 
  • वीरगञ्ज, २७ भदौ । नेपालमा जेनजी आन्दोलन पश्चात वीरगन्ज–रक्सौल नाकामा कडाइ गरिएको छ । नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतमा रोक लगाइएको छ ।

    नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा दुवै देशका सुरक्षा निकायले प्रवेशमा कडाइ गरेका छन् । भारतीय एसएसबीले स्पेसल डग (कुकुर) नै सीमामा राखेर जाँचमा कडाइ गरिरहेको छ ।

    भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतसँग जोडिएका पर्सा जिल्लाका नाकामा कडाइ गरेको छ । परिचयपत्रबाहेकका नागरिकलाई आवतजावतमा रोक लगाइएको भारतीय सीमा सुरक्षा बलका इन्स्पेक्टर विकास कुमारले बताए ।

    उनका अनुसार भारतसँग जोडिएको सीमा नाकाबाट भारत प्रवेशमा अहिले पूर्णरुपमा रोक लगाइएको छ ।

    भारतसँग जोडिएको सीमा नाकाबाट नेपाल–भारतमा पैदल मात्रै हिँड्डुल गर्न दिइएको छ ।त्यसका लागि भारतबाट नेपाल फर्किने नेपाली नागरिकलाई भने परिचयपत्र अनिवार्य गरिएको छ ।

    पर्साका प्रहरी प्रमुख गौतम मिश्रले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा भारतमा फसेका नेपाली नागरिकलाई परिचयपत्रको जाँच गरेर प्रवेश गर्नमा सहजता प्रदान गरिएको बताए ।

    उनले भने,ुअहिले भारतबाट नेपाल फर्किने चाहने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । यताबाट भारततर्फ जाने भारतीय नागरिकको हकमा पनि भारतीय आधार कार्डको आधारमा जान दिइएको छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.