समाज

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
-न्युजभित्तो

मुग्लिन (चितवन०, ३० भदौक । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक...

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल
-न्युजभित्तो

गण्डकी, ३० भदौ । पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड...

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ३० भदौ । जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो ।  कार्यालयका प्रमुख दिनेश...

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता
-न्युजभित्तो

कञ्चनपुर, ३० भदौक । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् । कारागारमा रहेका २८ जना भारतीय...

संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३० भदौक । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी सङ्घीय संसद्...

चितवन जिल्ला अदालतबाट सेवा सुरु
-न्युजभित्तो

चितवन, ३० भदौक । चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो । कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप,...

भैरवामा भारी वर्षाले जनजीवन प्रभावित
-न्युजभित्तो

भैरहवा (रुपन्देही), ३० भदौक । भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी भैरहवाका वडा नम्बर ३ को...

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ३० भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्न निर्देशन दिएको छ ।  प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार यहाँ आयोजित कार्यालय प्रमुखसँगको छलफलमा आन्दोलनको क्रममा...

पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गरिने
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका...

‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने’
-न्युजभित्तो

चितवन, ३० भदौ । गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक...