समाज

अझै खुलेन मेची राजमार्ग
-न्युजभित्तो

फिक्कल (इलाम), २६ असोज । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक...

आयातित प्रसाद रोक्न ‘रोट’ बनाइँदै
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २६ असोज । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व नै मल्लले ‘रोट’ बनाउन सुरु गर्नुहुन्छ...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव
-न्युजभित्तो

गोरखा, २६ असोज । पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई...

नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन
-न्युजभित्तो

सिमकोट (हुम्ला), २६ असोज । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको...

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’
-न्युजभित्तो

काठमाडौँ, २६ असोज । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताउनुभएको छ ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ...

प्राकृतिक विपत्ति बिर्सँदै चाडपर्वको तयारीमा मैथिल
-न्युजभित्तो

महोत्तरी, २६ असोज । अविरल वर्षासँगै बाढी र डुबान खेप्दै दशहारा (दसैँ) पर्व सकेका मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रका बासिन्दा प्राकृतिक विपत्तिलाई बिर्सँदै दीपावली र छठसहितका मुख्य पर्वको तयारीमा जुटेका छन् । दीपावलीमा बस्तीका सडक, ढल सरसफाइ गर्दै घर सिङ्गार्ने...

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै
-न्युजभित्तो

काठमाडौँ, २६ असोज । तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री...

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा
-न्युजभित्तो

भोजपुर, २६ असोज । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट...

चितवनले नसम्झेको व्यक्तित्व बखानसिंह गुरुङ: जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान’
-न्युजभित्तो

काठमाडौँ, २६ असोज । जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास...

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग
-न्युजभित्तो

पाटन (ललितपुर), २४ असोज । यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु...