समाज

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
-न्युजभित्तो

गलकोट (बागलुङ), २५ मङ्सिर । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त
-न्युजभित्तो

बाजुरा, २५ मङ्सिर । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो...

देशका अधिकांश भागमा आज मौसम सफा रहने
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार...

दाङमा बस दुर्घटना, २२ यात्री घाइते
-न्युजभित्तो

दाङ, २५ मङ्सिर । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् । लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको...

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै
-न्युजभित्तो

भादगाउँ, २५ मङ्सिर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित  ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ ।  स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा ...

किसानलाई दूधमा दश रुपैयाँ अनुदान
-न्युजभित्तो

दमौली (तनहुँ), २५ मङ्सिर । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई...

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण
-न्युजभित्तो

सिरहा, २५ मङ्सिर । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर, पाँच थान प्रिन्टर तथा एक थान स्मार्ट बोर्ड प्रदान गरेको छ । सिलिड्स परियोजनामार्फत हेल्भेटासले बुधबार यहाँ आयोजित एक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेको हो । हेल्भेटासका...

वीरगञ्ज महानगरलाई नौ थान कम्प्युटर हस्तान्तरण
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २४ मङ्सिर । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त तथा तोडफोड भएको वीरगञ्ज महानगरपालिकालाई यहाँका बैंकहरुले नौ थान कम्प्युटर हस्तान्तरण गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा यहाँको महानगरमा लुटपाट, तोडफोड र आगजनीबाट ठूलो...

च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै
-न्युजभित्तो

भोजपुर, २४ मङ्सिर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह
-न्युजभित्तो

गुल्मी, २४ मङ्सिर । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन । सरोकारवाला संस्थाद्वारा कफी कृषकसँग कफीखेती विस्तारका लागि गरिएको छलफल तथा अन्तक्र्रियामा कृषकले सहयोगको अपेक्षा गरेका हुन् । कफी विकास केन्द्र आपचौर,...