सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै


  •    न्युजभित्तो/२५ मंसिर २०८२, बुधबार १६:५४ 
  • भोजपुर, २४ मङ्सिर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । धार्मिक, सांस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर सक्रियता बढाएको हो । 

    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेपछि ठेक्का खारेज गरी नयाँ प्रक्रियाबाट थप संरचना निर्माण अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । 

    ठेकेदारका कारण निर्माणको काम अधुरो बनेपछि आवश्यक संरचना निर्माण गर्न आम नागरिकलाई सहयोगका लागि आह्वान गरिएको अध्यक्ष राईले बताउनुभयो । यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्र विकासमा नागरिकस्तरबाट पनि सहयोग प्राप्त हुन थालेको अध्यक्ष राईको भनाइ छ ।

    “केन्द्र सरकारसँग मिलेर हामीले यो धार्मिक क्षेत्रको संरक्षण थालेका हौँ”, अध्यक्ष राईले भन्नुभयो, “पोखरी संरक्षणसँगै घेराबारको काम सकिएको छ, पोखरी वरपर थप संरचना निर्माणका लागि स्थानीय नागरिकलाई सहयोगका लागि आग्रह गरेका छौँ, सहयोगसमेत प्राप्त भइरहेको छ ।” गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर क्षेत्रलाई छिटो सम्पन्न गरी पौवादुङमालाई आकर्षक धार्मिक तथा आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

    गाउँपालिकाले सहयोगको लागि आह्वान गरेसँगै पोखरी परिसरमा फलामबाट निर्मित आराम बेन्च स्थापनाका लागि दलबहादुर थापा, काजीमान थापा, ज्ञानु राई, दिपेन पोमु, सन्तवीर लिम्बू (सन्तोष तिगेला), योगराज गाउँले, मनोज राई, दिपेनकुमार खत्री, सन्तोष चाम्लिङ, भक्तजङ राई, पवित्रा भुजेल, पुष्प धिमाल, गीता ढकाल र जनक सापकोटालगायतले सहयोग गरेका छन् । 

    गाउँपालिकाले उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै आगामी निर्माण कार्यमा समेत निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ । पञ्चकन्या क्षेत्रको समग्र विकासका लागि पञ्चकन्या मन्दिर, भोजपुर लिजेन्ड पार्क, च्याङ्गे पोखरी चिल्ड्रेन पार्क, खुल्ला व्यायामशाला, ढुङ्गाका धार्मिक मूर्ति तथा अन्य भौतिक संरचना क्रमशः निर्माण हुँदैछन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.