सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै


  •    न्युजभित्तो/२६ मंसिर २०८२, बिहीबार ११:१७ 
  • भादगाउँ, २५ मङ्सिर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित  ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ ।

     स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा  आकर्षित भएका हुन् ।

    ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ पुरातात्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् । यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौँ उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ । यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका चाँगुनारायण नगरपालिका–९ का वडासदस्य विद्यापति थापा बताउनुहुन्छ । विशेष गरी शुक्रबार र शनिबार बढी घुइँचो लाग्ने गरेको छ । हलालगाउँको भ्रमण गर्ने पनि बढेका छन् । 

    उक्त स्थानमा निर्मित हलालगाउँ–ताथली गढीको सिँढीले पनि पर्यटकलाई आकर्षित गरेको चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यात बताउनुहुन्छ । 

    गढीबाट देखिने मनमोहक दृश्य हेर्न, पदयात्राका निम्ति उपयुक्त स्थल र स्थानीय संस्कृति बुझ्न पनि  आन्तरिक पर्यटक आउने गरेका उहाँ बताउनुहुन्छ । त्यहाँका ३०० सिँढीले पनि पर्यटक तानिरहेका उहाँको कथन छ ।  उक्त स्थानको सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीको ध्वनि, मनोरम वातावरणले एकान्तप्रेमी उल्लेख गर्दै करिब थप सौन्दर्य बढाएको बताउनुभयो । 

    आगन्तुक बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र स्थानीयले सरसफाइ, विश्रामस्थलजस्ता आधारभूत पूर्वाधार सुधार निर्माणसँगै प्रचारप्रसार पनि थालेका छन् । दृश्यावलोकनका निम्ति ‘भ्यू टावर’ पनि निर्माण भइरहेको छ । गढी क्षेत्रको दिगो विकासका लागि गुरूयोजना तयार भएको वडाध्यक्ष त्यातको कथन छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.