सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन


  •    न्युजभित्तो/११ असार २०८३, बिहीबार १२:२६ 
  • गोरखा, ११ असार । उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ ।

    चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि र अन्य स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन हो ।

    प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा, साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासीको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको सशस्त्र प्रहरी गोरखा गुल्मका प्रमुख डिएसपी ढलप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

    उक्त टोलीले समयसमयमा त्यस क्षेत्रको निरीक्षण गरी शान्ति सुरक्षालगायत विषयमा जानकारी हासिल गर्दै आएको छ । साम्दोस्थित बिओपीले ग्याला नाका, रुइला नाका र लाजुन नाका क्षेत्रमा सुरक्षा गर्दै आएको छ । छेक्या र बाजु क्षेत्रमा लामो समयदेखि बिओपी स्थापना गर्ने भनिए पनि हालसम्म स्थापना हुन सकेको छैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.