सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत


  •    न्युजभित्तो/११ असार २०८३, बिहीबार १२:२३ 
  • दमौली (तनहुँ), ११ असार । तनहँुका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करिब रु सात अर्ब ७८ करोड २६ लाख बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 

    जिल्लाका १० मध्ये आठ वटा पालिकाले बुधबार तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले भने असार ८ गते बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    जिल्लाका सबै स्थानीय तहले गरी रु सात अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ को बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये व्यास, शुक्लागण्डकी, भानु र भीमाद गरी चार नगरपालिकाले रु चार अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ र छ गाउँपालिकाले रु तीन अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ को बजेट प्रस्तुत गरेका हुन् ।

    सदरमुकामस्थित व्यास नगरपालिकाले रु एक अर्ब ५० करोड २० लाख एक हजारको बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ रु चार करोड दुई लाख ३४ हजार, सामाजिक विकासतर्फ रु ७२ करोड २९ लाख ९१ हजार, पूर्वाधार विकासतर्फ रु २६ करोड दुई लाख २५ हजार, वातावरण विपद्तर्फ रु चार करोड ८७ लाख, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ रु ४२ करोड ९८ लाख ५१ हजार छुट्याइएको छ । 

    उपप्रमुख इन्दिरा दरैका अनुसार चालुतर्फ रु एक अर्ब दुई करोड ३७ लाख ६२ हजार दुई सय विनियोजन गरिएको छ । जुन कूल बजेटको ६८.१६ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगततर्फ रु ४७ करोड ४२ लाख ३९ हजार विनियोजन गरिएको छ । जुन कूल बजेटको ३१.८४ प्रतिशत रहेको छ । 

    विनियोजित बजेटमध्ये सङ्घ सरकारको सशर्त चालु अनुदानबाट रु ६१ करोड ८० लाख, आन्तरिक स्रोतबाट रु २० करोड, सङ्घ सरकारको वित्तीय समानीकरणबाट रु १८ करोड ६० लाख, राजश्व बाँडफाँटबाट रु १५ करोड ३२ लाख ७७ हजार, सशर्त पुँजीगत अनुदानबाट रु १३ करोड ४० लाख प्राप्त हुने छ ।

    त्यस्तै राजस्व बाँडफाँट मालपोतबाट रु सात करोड, नगर विकास ऋणबाट रु तीन करोड ५० लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु दुई करोड ५० लाख पाँच हजार,  सञ्चित कोषबाट रु दुई करोड १० लाख, प्रदेश सरकार राजस्व बाँडफाँटबाट रु एक करोड ८१ लाख ६५ हजार, सडक बोर्डबाट रु ७० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    नवप्रर्वतनीयबाट रु ७० लाख, समपुरकबाट रु ५० लाख, जिल्ला समन्वय समितिबाट रु ५० लाख, प्रदेश समपुरक अनुदानबाट रु ४५ लाख ५४ हजार, विशेष अनुदानबाट रु ४० लाख र जनसहभागिताबाट रु ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब १३ करोड ५४ लाख ३९ को बजेट प्रस्तुत गरेको छ । उपप्रमुख खुमबहादुर विकले आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट रु ४९ करोड १८ वित्तीय समानीकरणबाट रु १२ करोड ३८ लाख आम्दानी हुने अनुमान गरेको बताउनुभयो ।

    सशर्त अनुदानबाट रु ४६ करोड ४१ लाख विशेष अनुदानबाट रु एक करोड ४० लाख, समपुरक अनुदानबाट रु एक करोड ३३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण रु एक करोड ९३ लाख, राजश्व बाँडफाटबाट रु एक करोड ५९ लाख, समपुरकबाट रु ६० लाख, विशेष अनुदानबाट रु ४० लाख, मालपोतबाट रु एक करोड ५० लाख र जनसहभागिताबाट रु एक करोड ५० लाख आम्दानी हुने अनुमान गरिएको उहाँको भनाइ छ ।  

    उहाँका अनुसार पूर्वाधारतर्फ रु तीन करोड ९१ लाख ७८, सामाजिक विकासतर्फ रु तीन करोड ४२ लाख, आर्थिक विकासतर्फ रु ९२ लाख ५७ हजार, वातावरण विपद्तर्फ रु ९२ लाख ५७ हजार, सुशासन तथा संस्थागत क्षमतातर्फ रु ४६ लाख २८ हजार, चालु प्रशासनिक खर्च रु १६ करोड, अनिवार्य दायित्वतर्फ १० करोड, राजस्व फिर्तातर्फ रु एक करोड र वडागततर्फ रु नौ करोड विनियोजन गरिएको छ । 

    भानु नगरपालिकाले रु ८४ करोड ६६ लाख ४४ हजार २४ को बजेट प्रस्तुत गरेको छ । भीमाद नगरपालिकाले रु ६३ करोड ५३ लाखको बजेट प्रस्तुत गरेको छ । 

    म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  विनियोजित बजेटको स्रोत सुनिश्चितताका लागि नेपाल सरकारको वित्तीय समानीकरणबाट रु नौ करोड ९२, सशर्त अनुदानबाट रु ३९ लाख, चालुबाट रु १८ करोड, राजश्व बाँडफाँटबाट रु आठ करोड ७७, गण्डकी प्रदेश सरकारको प्रदेश वित्तीय समानीकरणबाट रु एक करोड २१ लाख रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।

    राजस्व बाँडफाँटबाट रु ९० लाख, अनुदानबाट रु ९० लाख, सडक बोर्डबाट रु २३ लाख, आन्तरिक आयबाट १५ करोड, समपुरक अनुदानबाट रु ७० लाख, विशेष अनुदानबाट रु एक करोड ४० लाख, सामाजिक सुरक्षाबाट रु १३ करोड, प्रदेश समपुरक अनुदानबाट रु ६० लाख, विशेष अनुदानबाट रु ४० लाख, नागरिक साझेदारीबाट रु दुई करोड प्राप्त हुने अनुमान गरिएको घिमिरेले बताउनुभयो । 

    आर्थिक विकास समितितर्फ रु चार करोड १८ लाख, सामाजिक विकास समितितर्फ रु ३३ करोड १६ लाख ८३ हजार, पूर्वाधार विकासतर्फ रु २५ करोड ३९ लाख ६८ हजार चार सय ५०, वन वातावरण विपद् समितितर्फ रु ८७ लाख, कार्यालय सञ्चालन, सुशासन समितितर्फ रु १० करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । 

    देवघाट गाउँपालिकाले रु ५५ करोड ५८ लाख ६७ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ६४ करोड, बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ र ऋषिङ गाउँपालिकाले रु ५३ करोड ६२ लाख ५० हजार, घिरिङ गाउँपालिकाले रु ५० करोडको बजेट प्रस्तुत गरेको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो
    • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.