banner news
राँझा (बाँके), १९ असार । यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ । चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको...
तुलसीपुर (दाङ), १९ असार । विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गर्नुभएको छ । आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख...
काठमाडौँ, १९ असार । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल...
काठमाडौँ, १९ असार । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका...
भोजपुर, १९ असार । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु ६ करोड ३३ लाख लागतमा...
काठमाडौँ, १९ असार । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स छपाइ तथा अन्य विभिन्न सरकारी सेवामा विद्युतीय शासनको अवधारणालाई प्राथमिकतामा राखेको छ । मन्त्रिपरिषद्को गत चैत १३ को बैठकबाट स्वीकृत उक्त कार्यसूचीमा समावेश...
कर्णाली, १८ असार । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख...
कुरिनटार (चितवन), १८ असार ।। इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ । किंगफसर कन्स्ट्रक्सनका प्रोपाइटर लालबहादुर तामाङ सहितको समूहले बस्नेतमाथि कुटपिट गरेको हो । बस्नेतमाथि कुटपिट भएपछि कर्मचारीहरूले विरोध गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका...
राँझा (बाँके), १८ असार । बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन् । आकाशेपानी...
काठमाडौँ, १८ असार । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ । यसकै आधारमा छिमेकी तथा मित्रराष्ट्रहरुसँगको वर्षौंदेखिको नेपालको सम्बन्धलाई सन्तुलित तथा आपसी हितका आधारमा...


















