सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर


  •    न्युजभित्तो/१८ असार २०८३, बिहीबार १३:११ 
  • राँझा (बाँके), १८ असार । बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन् । आकाशेपानी परेपछि दुईदिनयता करिब १० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताउनुभयो ।

    मसिनो र मध्यम जातको धानको खेती गर्ने किसानलाई वर्षा नहुँदा धान रोपाइँमा समस्या भए पनि मोटो धान खेती गर्ने किसानलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताउनुभयो । बाँकेमा कूल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्र जमिन रहेकोमा ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको ुकृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी शर्माको भनाइ छ ।

    बाँकेमा सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भएपनि अधिकांश किसान अहिले पनि आकाशेपानीको भरमा धानखेती गर्न बाध्य छन् ।

    लामो समयको खडेरीपश्चात् दुई दिनअघि पानी परेपछि बाँकेका अहिले किसान धान रोपाइँमा जुटेका छन् । सोमबार राति र मङ्गलबार दिनभरजसो पानी परेपछि रोपाइँको लागि खेतमा पर्याप्त पानी पुगेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले बताउनुभयो ।

    “पानी नपर्दा चिन्तित किसान दुईदिनको वर्षाले राहत महसुस गरेका छन् । धान रोपाइँ हुन नसकिरहेको अवस्थामा पानी परेपछि राहत मिलेको छ”, धितालले भन्नुभयो, “पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन पानी परेपछि समयमै रोपाइँ हुने आशा पलाएको
    छ ।”

    आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले जसोतसो धानको ब्याड राखे पनि पानी नपरेका कारण धान रोपाइँ गर्न पाएका थिएनन् । पानी परेपछि अब गाउँमा धमाधम धान रोपाइँ सुरु भएको नेपालगञ्ज–१९ सुईयागाउँका किसान ललवा माहुतले बताउनुभयो ।

    बाँकेमा सिंचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बीउको ब्याड राखिएको उहाँको भनाइ छ । धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको सिक्टा सिंचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार, राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकोमा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पु¥याएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
    • राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.