banner news

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
-न्युजभित्तो

पर्वत, १८ असार । ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ । दैनिक  ठूलो सङ्ख्यमा सर्वसाधारणको आवतजावत हुने भएकाले सुरक्षा चुनौती...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु
-न्युजभित्तो

सिमकोट (हुम्ला), १८ असार । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका लागि नागरिकको चाप बढेको छ ।  हिमाली जिल्ला हुम्लास्थित व्यापार कम्पनीले दुई हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेपछि कार्यालयमा नागरिकको भीडभाड बढेको हो ।  कम्पनीका...

आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
-न्युजभित्तो

जनकपुरधाम, १८ असार । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइपुग्ने व्यापारीको भीडले श्रीपुरको दैनिकी फेरिदै गएको...

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी
-न्युजभित्तो

काठमाडौँ, १८ असार । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको (भ्रातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ । नेरेसोमा संलग्न...

गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम
-न्युजभित्तो

कञ्चनपुर, १८ असार । आधारभूत तहका बालबालिकामा गणितप्रति रुचि, तार्किक सोच र समस्या समाधान गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ३ सम्म गणित विषय शिक्षण गर्ने शिक्षकको क्षमता अभिवृद्धि गरेको छ । नगरपालिकाका २८ वटै सामुदायिक विद्यालयका गणित शिक्षकहरुलाई...

अनुमति बिना स्टिकरको प्रयोग निषेध
-न्युजभित्तो

चितवन, १८ असार । प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो ।  नियम लागू भएलगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी...

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
-न्युजभित्तो

काठमाडौँ, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिनुभएको छ । चमतीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभयो । सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यलाई...

बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-न्युजभित्तो

विराटनगर, १७ असार। झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् । हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । हात्तीको आक्रमणबाट...

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
-न्युजभित्तो

काठमाडौँ, १७ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुनेगरी धानबालीका लागि थप आवश्यकपर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट...

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
-न्युजभित्तो

प्रतीक्षा आले गोरखा, १७ असार । छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ । कोही...