इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
न्युजभित्तो/१८ असार २०८३, बिहीबार १३:५५
कुरिनटार (चितवन), १८ असार ।। इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतमाथि कार्यकक्षमै कुटपिट भएको छ । किंगफसर कन्स्ट्रक्सनका प्रोपाइटर लालबहादुर तामाङ सहितको समूहले बस्नेतमाथि कुटपिट गरेको हो ।
बस्नेतमाथि कुटपिट भएपछि कर्मचारीहरूले विरोध गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। कर्मचारीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सुरक्षित र मर्यादित कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
विज्ञप्तिअनुसार असार १५ गते बिहान करिब ११ बजे गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी अभद्र व्यवहार गरिएको उल्लेख छ । विज्ञप्तिमा ती व्यक्तिले प्रमुख प्रशासकीय अधिकृतमाथि मानसिक दबाब सिर्जना गर्ने, कार्यालयको नियमित कामकाजमा अवरोध पुर्याउने तथा परिवारसमेतलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ। कार्यालय परिसरमै भएको उक्त घटनाले कर्मचारीको मनोबल खस्किएको र सार्वजनिक सेवामा समेत असर परेको जनाइएको छ।
घटनापछि गाउँपालिकाका सम्पूर्ण कर्मचारीले विरोधस्वरूप कलम बन्द गरी कामकाज स्थगित गरेका छन् । कर्मचारीहरूले दोषी व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन्।
विज्ञप्तिमा सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई भयमुक्त वातावरणमा काम गर्न पाउने संवैधानिक तथा कानुनी अधिकार रहेको उल्लेख गर्दै कार्यालयभित्र हुने कुनै पनि प्रकारका दुर्व्यवहार, धम्की वा हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारिएको छ। कर्मचारीहरूले यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने भएकाले सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
साथै, गाउँपालिकाका कर्मचारीहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यालयको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन, कर्मचारीको सम्मान र मर्यादा कायम राख्न तथा निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गरेका छन्। उक्त विज्ञप्तिमा गाउँपालिकाका कर्मचारीहरूको सामूहिक हस्ताक्षरसमेत रहेको छ, जसबाट घटनाप्रति कर्मचारीहरूको एकमत र गम्भीर असन्तुष्टि देखिएको छ।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत बस्नेत अस्पताल भर्ना हुनु भएको छ । उहाँले आफूलाई चोटपटक लागेको भन्दै इच्छाकामना अस्पतालमा भर्ना भएको बताउनुभयो ।