banner news
काठमाडौँ, ४ पुस । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा...
गलकोट (बागलुङ), ४ पुस । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न थालिएको हो । राष्ट्रिय गौरवको...
भोजपुर, ४ पुस । जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् । किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण...
मोरङ, ४ पुस । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ । मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा...
महोत्तरी, ४ पुस । बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । छ महिनाभित्र विद्युत् उत्पादन...
खाँदबारी (सङ्खुवासभा), ३ पुस । सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने...
चितवन, ३ पुस । सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् । सामुदायिक रेडियो...
विराटनगर, ३ पुस । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुग्नुभएका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित हुनुहुन्छ । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उहाँले सुरु गर्नुभएको तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित...
काठमडौँ, ३ पुस । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा नरेश सुवेदी नियुक्त हुनुभएको छ । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उहाँलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो । विगत २५...
काठमाडौँ, ३ पुस । विभिन्न शहरबाट अवैध लागुऔषधसहित १९ जना पक्राउ परेका छन् । काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो । काठमाडौँं...

















