सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो: अकोराब


  •    न्युजभित्तो/३ पुष २०८२, बिहीबार १६:४९ 
  • चितवन, ३ पुस । सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।

    सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये पछिल्ला दिनमा ६० देखि ६५ रेडियोले प्रसारण बन्द गरिसकेका छन् । परम्पारगत शैलीमा सञ्चालन हुँदा रेडियोहरु समस्यामा परेका हुन ।

    यसैबीच रेडियोलाई कसरी सामुदायमा टिकाराख्ने भन्ने विषयमा केन्द्रित गर्ने भन्ने विषयमा छलफल गर्ने ध्येयले भोलीदेखि सौराहामा तीनदिने सम्मेलन आयोजना हुने भएको छ । पछिल्ला वर्ष रेडियो सुन्ने स्रोता कम हुँदै जाँदा रेडियोलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल गरिने सङ्घका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो । ।

    आज यहाँ अयोजित कार्यक्रममा उहाँले भन्नुभयो “ सम्मेलनमा रेडियो सुन्ने मात्रै नभएर हेर्ने पनि बनाउन सक्नुपर्ने विषयमा छलफल हुन्छ । सामुदायिक रेडियोको तीन दशकको यात्रामा पुरानै शैलीमा सञ्चालन हुँदा रेडियो समस्यामा परेका हुन । सभामा प्रविधिगत परिवर्तन, समुदायसँगको सम्बन्ध र भविष्यका बाटा, डिजिटल प्रविधिमा नयाँ पुस्ताको सहभागिता, डिजिटल प्लेटफर्ममा सामुदायीक रेडियोको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ ।”

    सम्मेलनमा चितवनका स्थानीय तहहरुको अपनाएका अभ्यास, पर्यटन प्रबद्र्धनमा सामुदायिक वन र प्रदेश सरकारको भूमिका विषयमा पनि छलफल गरिने छ । साथै रेडियो कार्यक्रमलाई समुदायसँग जोडेर ‘डिजिटल’ प्रविधिबाट कार्यक्रम ल्याउने विषयमासमेत छलफल हुने छ ।

    उहाँले भन्नुभयो, “सामुदायिक तथा निजी रेडियो सङ्कटका अवस्थामा पुगेका छन् । यसलाई जोगाइराख्न आवश्यक छ । समुदायसँग मिलेर अघि बढ्न आवश्यक छ ।” समुदायमा गएर समुदायसँग केन्द्रित हुँदै रेडियोका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

    वरिष्ठ उपाध्यक्ष देवकोटाले भन्नुभयो “अहिले रेडियो बचाउन कसरी सकिन्छ रु भनेर हामी लागि परेका छाँै ।” सम्मेलनमा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन अमाकका एशिया प्यासिफिक रिजनका अध्यक्ष राम भाट, निर्देशक सुमन बस्नेत, दक्षिण एशिया ब्लकका उपाध्यक्ष सुवास खतिवडासहित तीन सय सामुदायिक रेडियो सञ्चालनकहरु सहभागी हुने अनुमान गरिएको छ । सम्मेलनले चितवन घोषणापत्र जारी गर्ने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.