सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै


  •    न्युजभित्तो/४ पुष २०८२, शुक्रबार ११:२६ 
  • महोत्तरी, ४ पुस । बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । 

    छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक अर्ब २० करोड लाग्ने जनाइएको छ । बर्दिबास-६ र ७ का ८० भन्दा बढी किसानको ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहितको भाडा (लिज) मा लिएर निर्माण कम्पनीले काम थालेको हो । 

    छ महिनाभित्र २० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गरिने लक्ष्यका साथ काम थालिएको निर्माण कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दले बताउनुभयो । आयोजना निर्माणको शुभारम्भ मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार एक समारोहबीच गर्नुभएको हो ।

    निर्माण थालिएको सौर्य ऊर्जा जडानको काम निर्धारित समयमा सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने योजना रहेको चन्दले बताउनुभयो । “हामीले काम सुरु गरिसकेकाले छ महिनाभित्र उत्पादन हुने अपेक्षा छ । उत्पादित विद्युत् ढल्केबर ग्रिड महाशाखालाई उपलब्ध गराउने छौँ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने सौर्य ऊर्जाको विद्युत् महोत्तरी र धनुषाका १० हजारभन्दा बढी परिवारको उपयोगमा आउने छ ।”

    काम सुरु भएसँगै चौलिखा वरपरका किसान खुसी भएका छन् । “हाम्रो लागि स्थानीयस्तरमा ठूलो आयोजनाको काम थालिएको छ, हामी खुसी छौँ”, बर्दिबास–७ का जगन्नाथ महतोले भन्नुभयो, “सिँचाइ नभएको बाँझो जग्गाको उपयोग हुनुका साथै हामीलाई आर्थिक लाभ पनि भएको छ ।” कम्पनीले प्रतिकट्ठा जग्गाको बर्सेनि रु चार हजार २५० भाडा दिने र प्रत्येक दुई वर्षमा १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

    उक्त सम्झौता कम्पनी र किसानले बर्दिबास–६ वडा समितिको कार्यालयको रोहबरमा गरेका हुन् । आयोजनअन्तर्गत चार वटा ट्रान्सफर्मर, ६८ वटा इन्भर्टर र तीन लाख ३३ हजार सौर्य ९सोलर० प्यानल लाग्ने कम्पनीले जनाएको छ । सौर्य ऊर्जा जडानबाट वातावरणमा प्रतिकूल प्रभाव नपर्ने र कम झन्झटिलो हुने विद्युत् क्षेत्रका विज्ञको भनाइ छ ।

    “यो हामीकहाँ एकदम कम समयमा सफल हुने आयोजना हो, सौर्य ऊर्जा प्लान्ट जडानमा वातावरणीय प्रतिकूलता नहुने र कम समयमै उत्पादन लिन सकिने हुँदा यो प्रभावकारी हुनेछ”, ढल्केबर ग्रिड महाशाखाका प्रमुख श्रीनारायण मण्डलले भन्नुभयो, “यसले निर्धारित समयमा उत्पादन दिएर हामीलाई दिने विद्युत् महोत्तरी र धनुषाका सर्वसाधारणले उपभोग गर्नेछन् ।”

    आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले मुलुकको परिप्रेक्षमा विद्युतीय ऊर्जा समृद्धिको मुख्य आधारमध्ये एक रहेको उल्लेख गर्नुभयो । आयोजना सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    “यस्ता आयोजनालाई परिआउने सबै सहयोग प्रदेश सरकारले गर्छ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “हामी यस्ता अन्य आयोजनाको स्वागतका लागि तयार छौँ ।” यो आयोजना निर्माणको थालनीले महोत्तरीको उत्तरी भेगका सयौँ नागरिकले रोजगारीको अवसर पनि पाउने जनाउँदै उहाँले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिन निर्माण कम्पनीसँग अनुरोध गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.