सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार


  •    न्युजभित्तो/२९ श्रावण २०८३, शुक्रबार ११:१० 
  • कास्की, २९ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा गए राति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ ।

    उद्धार टोलीको समयमै परिचालन डोरी र विशेष उद्धार उपकरणबाट गरिने उद्धार ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोगबाट मन्दिरमा अलपत्र परेका तीनै जनाको सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    उद्धार गरिएकाहरुमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय निर्माण गिरी हुनुहुन्छ । अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित नयाँपुल–विरेठाँटी सडकखण्ड नजिकै मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढी पसेपछि उहाँहरु अलपत्र पर्नुभएको थियो ।

    बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा पुलसमेत बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पु¥याएको थियो । खोलाको बहाव तीव्र भएपछि मन्दिरमा रहेका तीन जनाको तत्काल उद्धार आवश्यक परेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको उद्धार टोली परिचालन गरिएको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

    घटनाबारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको थियो । नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १६ जनाको टोलीसमेत उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

    बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडकसमेत बगेको छ । सडक बगेपछि उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध भएको छ ।

    यसैगरी नयाँपुल क्षेत्रमा रहेको विद्युत् पोलसमेत बाढीले बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । बाढीका कारण सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ । घटनाको विस्तृत क्षति विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.