सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित


  •    न्युजभित्तो/३ पुष २०८२, बिहीबार १७:०४ 
  • खाँदबारी (सङ्खुवासभा), ३ पुस । सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।

    आज यहाँ आयोजित कार्यक्रममा पाँचखपन–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले थापालाई नगद रु ३० हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो । यहाँका किसानलाई सहज रूपमा खेती गर्ने वातावरण सिर्जना गर्दै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गरिएको उहाँले जानकारी दिनुभयो ।

    किसानको मेहनतलाई सम्मान नगरी कृषि क्षेत्रको दिगो विकास सम्भव नहुने उल्लेख गर्दै उहाँले यस्ता पुरस्कारले अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    किसान थापाले परम्परागतखेती प्रणालीलाई सुधार गर्दै आधुनिक प्रविधि, उन्नत जातका बीउ, समयमा मलखादको प्रयोग, नियमित सिँचाइ व्यवस्थापन, निरन्तर मेहनतलगायत कारणले बढी उत्पादन सम्भव भएको बताउनुभयो । सफलताका लागि परिवारको साथ, स्थानीय सरकारको सहयोग र निरन्तर परिश्रम प्रमुख कारण भएको उहाँको भनाइ छ ।

    थापाको सफलताबाट सिकेर यहाँका कतिपय किसानले धानखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन थालेका वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । स्थानीय सरकारले किसानलाई सम्मान र प्रोत्साहन दिने नीति अवलम्बन गरेसँगै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सकिने किसानको विश्वास छ ।

    पाँचखपन–६ ले आगामी दिनमा पनि उत्पादनमा आधारित अनुदान, किसानलाई सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोगलगायत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.