banner news

याङ्मामा ब्वाँसोको त्रास
-न्युजभित्तो

ताप्लेजुङ, ७ पुस । यहाँको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडितहुँदै आएका छन् । उनीहरुलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यसवर्ष...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण
-न्युजभित्तो

त्रिवेणी (नवलपरासी), ७ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । बिसं २०७९ मङ्सिरमा...

कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला: यस वर्ष रु १५ लाखको बिक्री
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ७ पुस । पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित  किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल  एक हुनुहुन्छ । १३ वर्ष अगाडि सुबिधा खोज्दै बागलुङ बजार झर्नुभएका उहाँ...

अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ७ पुस । अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९...

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
-न्युजभित्तो

भोजपुर, ७ पुस । भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण नगरिँदा स्थानीय नागरिक अनावश्यक आर्थिक तथा कानुनी मारमा परेका छन् । सडकले ओगटेको निजी जग्गाको लगत कट्टा नहुँदा नागरिकले प्रयोग गर्न नपाउने जग्गाकोसमेत निरन्तर राजस्व तिर्नुपर्ने बाध्यता...

मनमोहक तनहुँको दुबुङ गाउँ
-न्युजभित्तो

डुम्रे (तनहुँ), ७ पुस ।  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ । ऋषिङ...

पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उहाँले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन...

भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा
-न्युजभित्तो

खाँदबारी (सङ्खुवासभा), ७ पुस । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सुरु भएको छ । टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार...

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
-न्युजभित्तो

पर्वत, ७ पुस । यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ ।  जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका...

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान
-न्युजभित्तो

झापा, ७ पुस । लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक...