सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा


  •    न्युजभित्तो/७ पुष २०८२, सोमबार ११:४० 
  • खाँदबारी (सङ्खुवासभा), ७ पुस । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सुरु भएको छ ।

    टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि हो ।

    टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरिएको हो । दुर्गम हिमाली भूगोल र कठिन मौसमका बाबजुद सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ ।

    भोटखोला गाउँपालिका–१ अन्तर्गतको किमाथाङ्का क्षेत्रमा पनि केही दिनभित्र फोरजी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल टेलिकमले जानकारी दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.