सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान


  •    न्युजभित्तो/७ पुष २०८२, सोमबार ११:१० 
  • झापा, ७ पुस । लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ ।

    कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पु¥याएको छ ।

    मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम अरनिको माध्यमिक विद्यालय, सहिद दशरथचन्द माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सरस्वती बालकल्याण माध्यमिक विद्यालय, काँकडभिट्टा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, पवित्र माध्यमिक विद्यालय र बलभद्र माध्यमिक विद्यालयमा क्रमशः सञ्चालन हुने नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले बताउनुभयो ।

    मुलुकमा सबैभन्दा धेरै मात्रामा लैङ्गिक हिंसाका घटना कोशी प्रदेशमा र प्रदेशभित्र पनि मेचीनगर नगरपालिकामा भएका कारण लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि परियोजना सञ्चालन गरिएको परियोजनाकी विज्ञ कमला उप्रेती बताउनुहुन्छ ।

    कार्यक्रम अन्तर्गत छात्रछात्रालाई लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक जानकारी गराएर कुनै पनि प्रकारको हिंसा भएमा प्रतिकार गर्ने, आवाज उठाउने र सम्बन्धित निकायमा उजुरी दिन जाने प्रक्रिया सिकाउने गरिएको छ ।
    विद्यालय जाने एकान्त सडक, शौचालय, ट्यूसन कक्ष, वनभोजस्थल लगायतका स्थानमा हिंसाको जोखिम बढी हुने भएकाले सजगता अपनाउनुपर्ने काँकडभिट्टा इलाका प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रहरी नायब निरीक्षक मिलन राईले बताउनुभयो ।

    सचेतना कार्यक्रममा असल छुवाइ र खराब छुवाइका बारेमा विद्यार्थीलाई जानकार गराइएको छ भने विद्यालयमा हुनसक्ने लैङ्गिक हिंसा रोकथाममा शिक्षक र विद्यालयको वातावरणको भूमिका हुने बताइएको छ । लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका लागि मेचीनगरमा गठन भएको पुरुष सञ्जाललेसमेत विद्यालय लक्षित कार्यक्रममा सक्रिय सहयोग पु¥याइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.