सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

याङ्मामा ब्वाँसोको त्रास


  •    न्युजभित्तो/७ पुष २०८२, सोमबार १२:२० 
  • ताप्लेजुङ, ७ पुस । यहाँको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडितहुँदै आएका छन् ।

    उनीहरुलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यसवर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् । अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म नौ चौरी मरेका छन् ।

    फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए । बर्सेनि हुने यस्ताआक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ । एउटा चौरीको मूल्य कम्तीमा रु ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ ।

    यसरी ब्वाँसोको आक्रमणबाट बर्सेनि घाटा बेहोर्नुपरे पनि यसको नियन्त्रण तर्फ राज्यले खासै चासो नदिएको स्थानीयवासीको गुनासो छ । राहत उपलब्ध गराइए पनि अत्यन्त न्यून मात्र पाइने गरिएको पशुपालक लोप्साङ शेर्पाको भनाइ छ । नौ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो । यही पेसाबाट जीविकोपार्जन गर्दैआएका उनीहरूलाई ब्वाँसोको आक्रमणले लामो समयदेखि दुःख दिँदै आएको छ ।

    विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै यसक्षेत्रमा आउने गरेका छ्न । यहाँका बासिन्दाले वर्षौंँदेखि यसैगरी ब्वासोबाट सास्ती खेप्नुपरेको छ ।

    यसरी पशुचौपाया मरेका परिवारलाई उचित राहतको प्रबन्ध गर्न न्यून बजेटका कारण समस्या हुने गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । बजेट अत्यन्तै कम हुने भएकाले पशुपालकका समस्या उचित रूपमा सम्बोधन गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

    सङ्घ, प्रदेश सरकारले नै यसको नियन्त्रण र राहतमा ध्यान दिनपर्नेमा अध्यक्ष शेर्पाको जोड छ । उक्त ब्वाँसोलाई स्थानीयले च्याङु भनेर चिन्ने गरेका छन । वर्षातका समयमा भने उक्त ब्वासो देखिने गरेको छैन । पशुपालक लोप्साङ शेर्पाका अनुसार वर्षातको समयमा यो जनावर चीनतर्फ जाने वा अन्यत्र कता जान्छ भन्ने यकिन हुँदैन ।

    हिउँ चितुवा जस्तै यस जनावरमा पनि (ट्याकिङ उपकरण) जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सकिएमा प्रभावकारी हुने अध्यक्ष छेतेन शेर्पाले सुझाव दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
    • नरभक्षी बाघ खोरमा
    • ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    • ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.