सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नरभक्षी बाघ खोरमा


  •    न्युजभित्तो/२७ श्रावण २०८३, बुधबार १६:५३ 
  • नारायणगढ , २७ साउन । भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटे मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ ।

    प्रहरीका अनुसार आज बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै ‘मर्निङवाक’मा निस्किनुभएको थियो । केही समयपछि मङ्गले सम्पर्कविहीन भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खबरप्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर खोजी सुरु गरेको थियो । बाघले आक्रमण गरेको हुनसक्ने देखिएपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको सहयोगमा हात्ती परिचालन गरी खोजी तीव्र पारिएको थियो ।

    खोजीका क्रममा मङ्गलबार घटनास्थलबाट करिब चार–पाँच किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक जनाको शव फेला परेको थियो । उक्त शव मङ्गले बोटेको भएको र उहाँका छोराले सनाखत गरेको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

    शव फेला परेपछि नरभक्षी बाघको खोजीलाई थप तीव्र पारिएको थियो । खोजीका क्रममा सोही क्षेत्रमा बाघ देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत वन्यजन्तु प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानिसमाथि बाघले आक्रमण गरेको जानकारी प्राप्त भएलगत्तै मानिस र बाघको खोजी सुरु गरिएको थियो । खोजीका क्रममा मानिस मृत अवस्थामा फेला परेपछि बाघको खोजीलाई थप सक्रिय बनाइएको थियो । सबैको प्रयासमा बाघलाई डार्ट गरी नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो ।

    “बाघ हेर्दा भाले अन्दाजी सात–आठ वर्षको जस्तो देखिन्छ । हेर्दा स्वस्थ नै छ । दाह्रा पनि राम्रो छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको बाघलाई सौराहास्थित खोरमा लगिएको छ । बाघको बाहिरी स्वास्थ्य अवस्था सामान्य देखिए पनि भित्री स्वास्थ्यको अवस्था परीक्षण तथा निगरानीपछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।

    यससँगै चितवन राष्ट्रिय निकुञ्जका खोरमा विभिन्न कारणले नियन्त्रणमा लिइएका बाघको सङ्ख्या सात पुगेको छ । तीमध्ये पाँच भाले र दुई पोथी छन् । अधिकांश नरभक्षी बनेपछि निकुञ्जले नियन्त्रणमा लिएको हो । एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएको हो ।राष्ट्रिय समाचार समिति ९रासस०

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नरभक्षी बाघ खोरमा
    ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
    ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै
    • प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल
    • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्‍याइने
    • मन्त्री बादी र राजदूत अन्स्र्टबीच शिष्टाचार भेट
    • गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.