सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री खरेल


  •    न्युजभित्तो/६ माघ २०८२, सोमबार १२:५६ 
  • काठमाडौँ, ५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।

    सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार महिनामा मन्त्रालय र मातहत निकायका कर्मचारीबाट कुनैपनि असहयोग नभएको बरु सौहार्दपूर्ण व्यवहार तथा समन्वयात्मक ढंगले काम भएको स्पष्ट पार्नुभयो । मन्त्री खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्दै सचिव अर्यालसँगको समन्वयको प्रशंसा गर्नुभयो । 

    सचिव अर्यालले मन्त्रालयमा डेढ वर्षको अवधिमा आमसञ्चार, दूरसञ्चार, मुद्रण, चलचित्र, हुलाकलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै त्यसको फलस्वरुप मन्त्रालयले उपलब्धि हासिल गरेको बताउनुभयो ।

    उहाँले राष्ट्रको समग्र विकासका लागि नयाँ डिजिटल प्रविधि अपनाउनुपर्ने र राजनीतिज्ञ तथा कर्मचारी प्रशासनको विश्वास मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चार मन्त्रालयकी सचिव अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव पदमा सरुवा हुनुभएको हो ।

    सो अवसरमा सचिव आर्यालले आफ्नो कार्यकालमा दूरसञ्चार, रेडियो तथा टेलिभिजन दर्ता नवीकरण, सार्वजनिक सेवा प्रसारण, डिजिटल नेपाल फ्रेमवर्क, गोरखापत्र र राष्ट्रिय समाचार समितिका कानूनसम्बन्धी देखिएका धेरै समस्याहरू समाधान भएको जानकारी दिँदै अनलाइन समाचारलाई सत्यनिष्ठ र जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.