banner news

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी
-न्युजभित्तो

लुम्बिनी, ६ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उम्मेदवारी दर्ताका क्रममा निर्वाचन क्षेत्र नं...

प्रतिनिधिसभा सदस्य निर्वाचनः अपराह्न २ः०० बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता
-न्युजभित्तो

काठमाडौँ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका सबै  १६५ निर्वाचन क्षेत्रमा अपराह्न २ः०० बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।  निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन क्षेत्रमा मनोनयन भइरहेको छ । आजै अपराह्न...

अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता
-न्युजभित्तो

झापा (भद्रपुर), ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराउनुभएको हो...

निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ
-न्युजभित्तो

काठमाडौँ, ६ माघ ।  सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ ।  सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेशगत रुपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिनुभयो ।...

कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा
-न्युजभित्तो

काठमाडौँ, ६ माघ । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्न आज पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा...

‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ६ माघ । प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गर्नुभएको थियो ।  ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो । समालोचक प्रा...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
-न्युजभित्तो

काठमाडौँ, ६ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु  र चाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

टिपर दुर्घटनामा चालकको मृत्यु
-न्युजभित्तो

दमौली (तनहुँ), ६ माघ । यहाँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकमा आज बिहान टिपर दुर्घटना हुँदा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय टिपर चालक रामबहादुर गुरुङको मृत्यु भएको छ । कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको...

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा
-न्युजभित्तो

चितवन, ६ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिनुभएको छ । उहाँले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाउनुभएको हो । दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिनुभएको हो । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन...

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

दमौली (तनहुँ), ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको...