सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी


  •    न्युजभित्तो/७ माघ २०८२, मंगलवार १६:२५ 
  • लुम्बिनी, ६ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    उम्मेदवारी दर्ताका क्रममा निर्वाचन क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । प्रलोपाका तर्फबाट अध्यक्ष परिषद् सदस्य नारायण नागिलाले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो । 

    बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीका नेता तथा कार्यकर्ताहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि निर्धारण गरेको समय तालिकाअनुसार प्रलोपाले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरू पनि आजै मनोनयन दर्ता गर्ने जनाइएको छ ।

    यस क्षेत्रबाट नेसनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट थमनबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । 

    रुपन्देही–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा लेखजङ्ग थापाले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा पुगेर डा थापाले मनोनयन दर्ता गराउनुभएको हो । यहाँ नेपाली कांग्रेसका तर्फबाट सुशील गुरुङ, नेकपा एमालेका बासुदेव घिमिरेलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.