सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ


  •    न्युजभित्तो/७ माघ २०८२, मंगलवार १६:०७ 
  • काठमाडौँ, ६ माघ ।  सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ । 

    सुरक्षा मामिलाका पत्रकारसँग गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेशगत रुपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिनुभयो । उहाँले भयरहित वातावरणमा निर्वाचन गराउन शान्तिसुरक्षाको सुदृढ व्यवस्था गरिने बताउनुभयो । 

    विगतको तुलनामा हाल शान्तिसुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्रीले शान्तिपूर्ण रुपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले उच्च मनोबलका साथ  सुरक्षा निकाय कार्यक्षेत्रमा परिचालन भएका बताउनुभयो । 

    सूचना प्रविधिको दुरुपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम, साइबर ब्यूरो र सरोकार भएका निकायको सहभागितामा आवश्यकता व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो । 

    गृह सचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कायान्वयनका साथ निर्वाचनका निम्ति शान्तिसुरक्षा प्रभावकारी बनाइएको बताउनुभयो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.