banner news

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी
-न्युजभित्तो

गलेश्वर (म्याग्दी), १३ माघ । सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले...

आजको मौसम: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १३ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक...

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम
-न्युजभित्तो

भोजपुर, १३ माघ । यहाँको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १३ माघ । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब...

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा
-न्युजभित्तो

म्याग्दी, १३ माघ । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षण योजना निर्माण सुरु भएको छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले सिङ्गा तातोपानीमा मसारटोलस्थित म्याग्दी नदी किनारमा बाढी र कटान रोकथामका...

व्यवसायी लामिछानेको नेतृत्वमा लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन
-न्युजभित्तो

गण्डकी, १३ माघ । होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । संस्थाको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा...

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
-न्युजभित्तो

घोराही (दाङ), १३ माघ । घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उहाँको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उहाँ बताउनुहुन्छ । “स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर...

मोेर्क–वडावन जुम्ला सडक स्तरोन्नति
-न्युजभित्तो

काँक्रेविहार (सुर्खेत), १३ माघ । पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ । छेडा चाँदे–जुम्ला सडकखण्डभित्र अन्तर्गत सडक निर्माण तीव्र बनाइएको हो । पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ । छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि...

गैँडाको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

चितवन, १३ माघ । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला...

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
-न्युजभित्तो

तनहुँ, १३ माघ । यहाँँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् ।  आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर...