सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोेर्क–वडावन जुम्ला सडक स्तरोन्नति


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १२:४१ 
  • काँक्रेविहार (सुर्खेत), १३ माघ । पश्चिम जाजरकोटस्थित मोर्क–वडावन जुम्ला सडक स्तरोन्नति थालिएको छ ।

    छेडा चाँदे–जुम्ला सडकखण्डभित्र अन्तर्गत सडक निर्माण तीव्र बनाइएको हो । पहिलो चरणमा १७ किलोमिटर सडक निर्माण भइरहेको छ । छेडागाड नगरपालिकाको रिटेखोलामा रहेको मोटरेबल पुल पनि निर्माण भइरहेको छ । कच्ची कटानको काम भएपछि हाल स्तरोन्नति सुरु भएको हो ।

    मध्यपहाडी लोकमार्ग, भेरी करिडोरसँग जोडिएर जुम्ला जोड्नका लागि काम धमाधाम भइरहेको छ । पश्चिमका छेडागाड, जुनिचाँदे गाउँपालिकाका साथै कुशे गाउँपालिकालाई यो सडकले जोडिन्छ । पश्चिम जाजरकोटको सबैभन्दा छोटो तथा महत्वपूर्ण सडकका रूपमा रहेको यो सडकले जुम्ला जोड्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

    जाजरकोट क्षेत्र नं २ का लागि यो सडकलाई लाइफ लाइनका रूपमा लिइन्छ । पालिकाले यही सडकसँग जोडेर आन्तरिक सडक निर्माण तीव्र बनाएको छेडागाड नगरपालिकाका उपप्रमुख अपिल थापाले बताउनुभयो । छेडाबाट मोर्कसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा बाँकी मोर्क–वडावनभित्रको १७ किलोमिटर सडकको काम सुरु भएको हो ।

    सर्वाधिक समस्याको रुपमा रहेको यो सडक छेडागाड नगरपालिकाको अधिकांश भागलाई छुने गर्छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख हरि वलीका अनुसार काम तीव्रगतिमा रहेको छ । सन् २०२४ अफ्रिल १० मा सम्झौता भएको यो सडक ७३० दिनमा निर्माण कार्य पूरा गर्ने लक्ष्य छ । रु ४४ करोड १९ लाख ५३ हजार १५१ मा काम भइरहेको कार्यालय प्रमुख वलीले जानकारी दिनुभयो ।

    चालु आर्थिक वर्षमै यो काम पूरा हुने उहाँले जानकारी दिनुभयो । हाल पूर्वाधारको काम ६० प्रतिशत र आर्थिक पक्षको काम ५६ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो । मन्त्रालयको सचिवसहितको टिमले यो सडकको अनुगमन गरेर राम्रो प्रगति भएको भन्दै चालु आवमै पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।

    त्यसैगरी, यो सडकको दोस्रो चरणको कामसमेत छिट्टै सुरु गर्ने तयारीमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वडावनबाट जुम्लाको सिमानासम्म अर्को ठेक्का खोल्ने अन्तिम तयारी भइरहेको छ । त्यसका लागि प्रक्रियागत काम जारी रहेको उहाँले जानकारी दिनुभयो । कच्ची कटान भएको ठाउँमा स्तरोन्नतिको कामका लागि बोलपत्र हुनलागेको हो ।

    भेरी करिडोरको छेडाबाट सुरु भएको यो सडक जुम्लाको सिमानासम्म पुगेर पूरा हुनेछ । जुम्लाको तर्फबाट समेत जाजरकोटको सिमानासम्म काम भइरहेको छ । प्रदेश सरकारले यसलाई मुख्य प्राथमिकताका साथ काम गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

    तराईदेखि हिमालसम्म जोडने सडकका साथै रारा, फोक्सुण्डो ताललगायत ठाउँमा जान सहज तथा छोटो दूरीको रूपमा यसलाई लिइन्छ । जुनिचाँदे गाउँपालिका–९ का दलबहादुर शाहीले अब विस्तारै सडक, खानेपानी तथा विद्युतीकरणका कारण आफ्नो गाउँमा सहज भएको बताउनुभयो । अहिले घरअगाडिको सडकबाटै नेपालगन्ज, सुर्खेत जाने गरेकाले छोराछोरीलाई समेत सामान पठाउन सहज भएको उहाँले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.