banner news
मकवानपुर, १८ वैशाख । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न भएको सङ्क्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्न सरकार इमान्दार रहेको बताउनुभयो...
काठमाडौँ, १८ वैशाख । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६...
धरान (सुनसरी), १७ वैशाख । धरान उपमहानगरपालिका-४ स्थित सेउती खोलाको जुवाने दोभान नजिकै श्रमदानबाट फलामे पुल निर्माण भइरहेको छ । पुल अभावका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीय अहिले सामूहिक श्रमदानमार्फत पुल निर्माणमा जुटेका हुन् । यसअघि वर्षायाममा खोलामा पानीको...
काठमाडौँ, १७ वैशाख । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम पर्यवेक्षण...
काठमाडौँ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति तथा समृद्धिको आधार निर्माण हुने बताउनुभएको छ । ललितपुरको नागवहालमा अवस्थित हीरण्यवर्ण महाविहार तारेमाम् सङ्घको हीरक महोत्सवलाई आज सम्बोधन...
काठमाडौँ, १७ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक...
तम्घास (गुल्मी), १७ वैशाख । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा सबैजसो स्टल व्यापारिक अर्थात् नाफामुलक प्रयोजनका छन् । तर सोही महोत्सवमा एक युवा, जसले फोटोमार्फत गुल्मी चिनाइरहनुभएको छ । गुल्मीदरबार गाउँपालिकाको चारपाला...
काठमाडौँ, १७ वैशाख । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । समितिले आज गरेको अध्ययन प्रतिवेदनमाथिको छलफलमा समिति सभापतिका कृष्णप्रसाद पौडेलले मधेसमा बढ्दो...
काठमाडौँ, १७ वैशाख । नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ । अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ ।...
ललितपुर, १७ वैशाख । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहनुभएको थिएन । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उहाँले राहदानीसमेत बनाइसक्नु भएको थियो । त्यसैबीचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा...

















