banner news

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक: राष्ट्रपति पौडेल
-न्युजभित्तो

सुनसरी, ६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले जनताका...

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी
-न्युजभित्तो

राँझा (बाँके), ६ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ । उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ ।...

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान मोडेलमा आमुल परिवर्तन गर्न निजी क्षेत्रले सरकारलाई सुझाव मात्रै दिएको छैन,...

प्रशासकीय अदालत: कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका स्वयं कर्मचारीलाई नै थप सूसूचित गराउनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रसेवक निजामतीसहित सरकारी स्वामित्व रहेका सङ्घसंस्थाका कर्मचारीको सरुवा, बढुवा र विभागीय कारबाहीका विषयमा चित्त नबुझेमा पुनरावेदन गर्ने...

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको...

अवैध लागुऔषधसहित १७ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीनरतीन, मकवानपुर र ललितपुरबाट दुईरदुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एकरएक...

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुमवासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद ज्ञानु पौडेलले प्रत्येक नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकारको प्रभावकारी...

१३ जनामा औलो सङ्क्रमण पुष्टि
-न्युजभित्तो

चितवन, ६ जेठ । चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या
-न्युजभित्तो

नारायणगढ (चितवन), ६ जेठ । समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका...

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ: अर्थमन्त्री डा वाग्ले
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक...