सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी


  •    न्युजभित्तो/६ जेष्ठ २०८३, बुधबार १५:२८ 
  • राँझा (बाँके), ६ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ ।

    उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहेको छ । अहिले गणेशमानचोकदेखि सुर्खेतरोडको पश्चिमतर्फ बीपीचोक हुँदै धम्बोझी चोकसम्मको क्षेत्रमा सडकपेटी निर्माण कार्य सम्पन्न भइसकेको छ । हिजो भद्रगोल क्षेत्र अहिले सफा, व्यवस्थित र चिटिक्क देखिएको छ ।

    सुर्खेतरोडको पश्चिमतर्फको नालादेखि सात फिटसम्मको अतिक्रमित फुटपाथ क्षेत्र खाली गराएर नयाँ निर्माण गरिएको हो । यो सडकपेटी निर्माण केवल हिँड्नका लागि मात्रै नभई सहरको दीर्घकालीन सौन्दर्य र सबै नागरिकको पहुँचलाई ध्यानमा राखेर डिजाइन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

    “हामीले सडकपेटीलाई सात फिट फराकिलो बनाएका छौँ”, नगर प्रमुख विष्टले भन्नुभयो, “यो फुटपाथ आम पैदलयात्रीका लागि मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरू सहजै आवतजावत गर्न सक्नेगरी अपाङ्गमैत्री बनाइएको छ । यसलाई हरियालीयुक्त बनाउन वृक्षरोपणको काम पनि भइरहेको छ ।”

    उपमहानगरपालिकाको यो अभियान धम्बोझीमै रोकिने छैन । धम्बोझीबाट अगाडि बढेर पुष्पलाल चोकसम्मै सडकपेटी निर्माण गर्ने, पैदलयात्रीलाई सहज बनाउने र सडक किनारमा वृक्षरोपण गरी हरियाली कायम गर्ने योजना स्थानीय सरकारको छ । वर्षौँदेखिको गहिरो गरी गडेको अतिक्रमण हटाउन उपमहानगरपालिकाले दृढता देखाउँदै डोजरसमेत प्रयोग गर्नुपरेको थियो, जसको परिणाम अहिले सडकमा प्रस्ट देखिन थालेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।

    स्थानीय सरकारको यो कदमबाट नेपालगञ्जका बासिन्दा तथा नागरिक समाज निकै उत्साहित देखिएका छन् । सडकपेटी व्यवस्थित भएसँगै बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम घट्ने र सहरी सौन्दर्यता बढ्ने उनीहरूको विश्वास छ ।

    “सडकपेटी निर्माणले पैदलयात्रीलाई आवगमनमा निकै सहजता थपेको छ । यसले सहरको सौन्दर्यता समेत ह्वात्तै बढाएको छ”, नेपालगञ्जका नागरिक अगुवा तेजबिक्रम शाह भन्नुहुन्छ, “यो अभियानलाई अझै विस्तार गर्न आवश्यक छ । मुख्य सडक सुर्खेतरोडको दुवैतर्फ यसै गरी व्यवस्थित सडकपेटी निर्माण हुनेछ, तब नेपालगञ्जको मुहारमै ठूलो परिवर्तन आउनेछ ।”

    अतिक्रमण हटाएर फुटपाथलाई नागरिकको अधिकारका रूपमा फिर्ता गराउने नेपालगञ्ज उपमहानगरपालिकाको यो प्रयास उदाहरणीय रहेको उल्लेख गर्दै शाहले अब निर्माण गरेको सडकपेटीलाई सधैँका लागि अतिक्रमणमुक्त राख्नु र हरियालीको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    कुनै समय नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडको किनारैकिनार हिँड्ने पैदलयात्रीहरू सधैँ त्रसित हुन्थे । सडकपेटी (फुटपाथ) त थियो, तर त्यहाँ न मानिस हिँड्ने ठाउँ थियो, न त सहज रूपमा पाइला टेक्न नै मिल्थ्यो । व्यापारीका सामान, ठेलागाडा र अवैध रूपमा ठडिएका भौतिक संरचनाले फुटपाथ पूर्णरूपमा कब्जामा थियो । पैदलयात्रीहरू बाध्य भएर गुडिरहेका गाडीकै बीचबाट जोखिमपूर्ण रूपमा मूल सडकमा हिँड्नुपथ्र्यो ।अहिले नेपालगञ्जको यो परिदृश्य बदलिएको छ । सडक किनारका अवैध संरचनामाथि स्थानीय सरकारले डोजर चलाएपछि सुर्खेतरोडले नयाँ र आधुनिक रूप लिन थालेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.