सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या


  •    न्युजभित्तो/६ जेष्ठ २०८३, बुधबार १२:४७ 
  • नारायणगढ (चितवन), ६ जेठ । समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ ।

    पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालेको भनाइ छ । उहाँले भन्नुभयो, “डिडिसी केही सुधार हुने सम्भावना देखिएको छ । पहिलेभन्दा भुक्तानी पनि अलि छिटो आएको छ । तथापि चारदेखि साढे चार महिनासम्म भुक्तानी बाँकी रहनु, रकम जति भए पनि, राम्रो पक्ष होइन ।” उहाँले सरकारले किसानको भुक्तानी छिटो गरिदियोस् भन्ने आग्रह रहेको बताउनुभयो ।

    अध्यक्ष बगालेले डिडिसी र अन्य उद्योगीसँग गरेर करिब रु ५५ करोड भुक्तानी बाँकी रहेको बताउनुभयो । किसानले लामो समयसम्म रकम नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या हुने गरेको उहाँको भनाइ छ । डिडिसीसँगै अन्य उद्योगीलेले अब छिट्टै भुक्तानी गरेर किसानलाई राहत मिल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    सङ्घले सञ्चालन गरेको जिल्लाका विभिन्न मार्टमा आफ्नै उत्पादनका दुग्धजन्य वस्तु उपलब्ध हुँदै आएका छन् । दूध, दही, पनिर, चिज, मोही, नौनी र घ्युजस्ता वस्तु बिक्री हुँदै आएका छन् । सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्न रत्ननगरस्थित आफ्नै उद्योगमार्फत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

    जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ । 

    भरतपुर महानगरद्वारा ‘काउ लिफ्ट’ मेसिन वितरण

    भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण (काउ लिफ्ट) हस्तान्तरण गरेको छ ।

    प्रतिगोटा रु ६४ हजार मूल्यपर्ने उक्त मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई तीन वटा, अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थालाई दुई वटा तथा अन्य चार सहकारी संस्थालाई एक÷एक वटा र एउटा फार्मलाई हस्तान्तरण गरिएको हो । जम्मा १० वटा मेसिन वितरण गरिएको महानगर कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

    प्रमुख भण्डारीले उन्नत जातका दुधालु गाईमा उठ्न नसक्ने समस्या देखिने भएकाले किसानलाई सहज बनाउन उक्त मेसिन वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत खालका दुधालु गाईमा ‘डाउनर काउ सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग देखिन्छ । यसका कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गाई बसेपछि दुई–तीन दिनसम्म उठ्न नसक्दा खुट्टामा घाउ हुनेजस्ता समस्या हुन्छन् । किसानले आफैँ उठाउन पनि सक्दैनन् ।” यस समस्याको समाधानका लागि सहकारी र सङ्घमार्फत मेसिन वितरण गरिएको उहाँले बताउनुभयो । आवश्यक पर्दा सहकारीमार्फत मेसिन लैजान र प्रयोग गर्न सहज हुने उहाँको भनाइ छ । 

    प्रमुख भण्डारीका अनुसार मेसिनको सहायताले एक जना किसानले मात्रै पनि गाई उठाएर स्याहार गर्न सक्नेछन् । गाई उठेपछि विस्तारै खुट्टा चल्न थाल्ने र पुनःतङ्ग्रिन सक्ने छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जब फेवातालमा डुङ्गा पल्टियो…
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
    आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने: मुख्यमन्त्री आचार्य
    • त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
    • लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ: अध्यक्ष शर्मा
    • Beyond GPS Tracking: NepTrack’s Vision for a Smarter Nepal
    • दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.