banner news

बेलायती मन्त्री मल्होत्रा नेपालमा
-न्युजभित्तो

काठमाडौँ, ८ जेठ । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आउनुभएको छ ।  उहाँ द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आउनुभएको यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।  उहाँले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट...

प्रयोगकर्तालाई थाहा नदिइ विधेयक निर्माण हुनु हुँदैनः सभामुख
-न्युजभित्तो

काठमाडौँ, ८ जेठ । सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उहाँले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई...

तरलता व्यवस्थापनका लागि एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक
-न्युजभित्तो

काठमाडौँ, ८ जेठ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु एक खर्ब बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ । आज अपराह्न ३ः०० बजेसम्म...

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयारः मन्त्री लम्साल
-न्युजभित्तो

काठमाडौँ, ८ जेठ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको...

पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी कानुनी सामञ्जस्यता गर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ, ८ जेठ । महालेखापरीक्षकको कार्यालयले पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनलगायतका विषयमा कानुनी सामञ्जस्यता गरी निर्माण तथा संरक्षणका कार्य गर्न निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा यस्तो निर्देशन उल्लेख छ । प्राचीन...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ
-न्युजभित्तो

चितवन, ८ जेठ । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय...

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै
-न्युजभित्तो

मुस्ताङ, ८ जेठ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।  एक्याप लोमान्थाङ...

रघुगङ्गामा स्थानीय पाठ्यपुस्तक लागू
-न्युजभित्तो

म्याग्दी (बेनी), ८ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी पठनपाठन सुचारु गरेको छ । चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगङ्गा’ तयार गरेको हो । गाउँपालिकाले...

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
-न्युजभित्तो

त्रिवेणी (नवलपरासी), ८ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी...

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ८ जेठ । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ ।  समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन...