सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी कानुनी सामञ्जस्यता गर्न निर्देशन


  •    न्युजभित्तो/८ जेष्ठ २०८३, शुक्रबार १२:४४ 
  • काठमाडौँ, ८ जेठ । महालेखापरीक्षकको कार्यालयले पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनलगायतका विषयमा कानुनी सामञ्जस्यता गरी निर्माण तथा संरक्षणका कार्य गर्न निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा यस्तो निर्देशन उल्लेख छ ।

    प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ (घ) मा प्राचीन स्मारक स्थल तथा पुरातात्विकस्थलको संरक्षण पुरातत्व विभागले गर्ने व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड ९फ० को क्रम सङ्ख्या ९२० र ९३० मा पुरातत्व प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण सम्भार, प्रवद्र्धन विकास र परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन गर्ने कार्य पालिकाको काम, कर्तव्य र अधिकारअन्तर्गत राखेको छ ।

    मठ मन्दिरलगायतका सम्पदा निर्माण र संरक्षणका लागि स्थानीय तह र विभाग दुवै निकायबाट खर्च भइरहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसो गर्दा योजना छनोट तथा कार्यान्वयनमा दोहोरोपना हुनसक्छ । विभागबाट दुर्गम स्थानमा रहेका सम्पदाको निर्माणको निरीक्षण तथा अनुगमन गर्दा भ्रमण खर्चको लागतसमेत बढ्न जानेतर्फ महालेखापरीक्षकको कार्यालयले ध्यानाकर्षण गराएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.