सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रघुगङ्गामा स्थानीय पाठ्यपुस्तक लागू


  •    न्युजभित्तो/८ जेष्ठ २०८३, शुक्रबार १२:०७ 
  • म्याग्दी (बेनी), ८ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी पठनपाठन सुचारु गरेको छ ।

    चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगङ्गा’ तयार गरेको हो । गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयारका लागि जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनको नेतृत्वमा गठन गरेको कार्यदलले पुस्तक तयार गरी प्रकाशन गरेका हो । एक सय पूर्णाङ्कको पठनपाठन हुने गरी स्थानीय पाठ्यपुस्तकको रुपमा पालिकाभित्रका ३३ सामुदायिक र एक संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई उक्त पुस्तक पठनपाठन गराउन सुरु गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नहेन्द्र आचार्यले जानकारी दिनुभयो ।

    उक्त पाठ्यपुस्तक एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख विदुर चापागाईले विमोचन गर्नुभएको हो । विद्यालय तहका बालबालिकालाई पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, स्थानीय सीप र प्रविधि, कृषि, पशुपालनलगायतबारे जानकारी गराउन स्थानीय पाठ्यपुस्तकले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले पालिकाले छिट्टै कक्षा ४ र ५ को समेत पाठ्यपुस्तक तयार गर्ने जानकारी दिनुभयो । स्थानीय पाठ्यपुस्तकले विद्यार्थीलाई आफ्नै पालिकाको समग्र चिनारी गराउने छ ।

    पुस्तक निर्माण कार्यदलका संयोजक पुनले पालिकाका सबै बस्तीमा पुगेर आवश्यक विवरण तथा तस्बिर र सुझाव सङ्कलन गरी पालिकाको चिनारी हुने गरी पाठ्यपुस्तक तयार गरिएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.