banner news

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा
-न्युजभित्तो

काठमाडौँ, १४ जेठ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९०...

छावा मृत भेटियो
-न्युजभित्तो

इनरुवा (सुनसरी), १४ जेठ । बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ । गए राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदैगर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक...

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १४ जेठ । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।  गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको...

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
-न्युजभित्तो

गण्डकी, १४ जेठ । अरू दिनभन्दा बुधबार पोखराको हङकङ बजारछेउको दृश्य भिन्न थियो । किनमेलले भीडभाड हुने पसलका सटर सुनसान देखिन्थे । व्यवसायीहरू सामान पोकापुन्तुरा पारिरहेका थिए । कोही गाडीमा सामान चढाउँदै थिए । हतारहतार सटर खाली गर्दा भुइँ...

च्याङथापूका २६ घर उच्च जोखिममा
-न्युजभित्तो

पाँचथर, १४ जेठ । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ । याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ...

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर
-न्युजभित्तो

भोजपुर, १४ जेठ । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो । बाँकी किसानलाई...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित
-न्युजभित्तो

म्याग्दी, १४ जेठ । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । ‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले...

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १४ जेठ । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र...

जलजलामा ‘गोठस्टे’ सञ्चालन
-न्युजभित्तो

जलजला (म्याग्दी), १४ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन: निर्यात समेत थालनी
-न्युजभित्तो

चितवन, १४ जेठ । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको...