सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर


  •    न्युजभित्तो/१४ जेष्ठ २०८३, बिहीबार १२:१५ 
  • भोजपुर, १४ जेठ । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो ।

    बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उहाँले बताउनुभयो ।

    “किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न प्रोत्साहन गर्छ भन्ने हाम्रो अपेक्षा हो ।”

    गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । विगत वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । किसानमा व्यावसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको छ । “हामीले किसानको वास्तविक मागका आधारमा कार्यक्रम ल्याएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यान्त्रिकीकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ ।”

    किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । उहाँले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिनुभयो । “सामग्री वितरणमात्रै होइन, त्यसको सही प्रयोग र दिगो प्रभाव सुनिश्चित गर्नु पनि हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो ।

    स्थानीय किसानले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन् । किसान प्रेमबहादुर कार्कीले हातेट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषिकार्यमा लाग्ने समय तथा श्रम घटाउने बताउनुभयो । “कयौँ दिन लाग्ने काम अहिले केही घण्टामै सकिन्छ”, उहाँले भन्नुभयो, “यसले खेती गर्न उत्साह थपेको छ । उत्पादन बढाउने आशा पनि जगाएको छ ।”

    गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषि उद्यमशीलता विकास गर्दै युवालाई कृषिमा आकर्षित गर्ने योजनाअनुसार गाउँपालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.