banner news

गोरु पाल्ने किसानलाई प्रोत्साहन
-न्युजभित्तो

गण्डकी, ३ साउन । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ ।  आर्थिक वर्ष २०८१÷८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा...

आँखा अस्पतालमा बिरामी बढे
-न्युजभित्तो

जनकपुरधाम, ३ साउन । तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।  हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।  अस्पतालका निर्देशक डा। आशीष बोहराका...

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-न्युजभित्तो

नेपालगन्ज, ३ साउन । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य...

देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-न्युजभित्तो

चितवन, ३ साउन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट...

नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
-न्युजभित्तो

काठमाडौं,  १ साउन । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
-न्युजभित्तो

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
-न्युजभित्तो

सोलुखुम्बु, १ साउन । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब केबल हिमाल, हिमनदी, वनजङ्गल तथा भौतिक संरचनालाई मात्र नभई, मानव सभ्यता र स्थानीय समुदायले सयौँ वर्षदेखि जोगाएर राखेका सांस्कृतिक सम्पदालाई असर गर्न थालेको छ ।  विश्वको सर्वोच्च...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
-न्युजभित्तो

चितवन, १ साउन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षणका क्रममा उनीहरुमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका...

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-न्युजभित्तो

धरान (सुनसरी), १ साउन । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ । कोशी ब्यारेजमा पानीको...