राष्ट्रिय

मौसम खुलेसँगै त्रिभुवन विमानस्थलबाट उडान नियमित
-न्युजभित्तो

काठमाडौं, ७ पुस ।  आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा...

हुस्सु-कुहिरोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
-न्युजभित्तो

काठमाडौँ,७ पुस । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि...

बागमती प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बस्ने तयारी
-न्युजभित्तो

काठमाडौँ, ६ पुस ।  बागमती प्रदेशसभाको पहिलो बैठक आह्वान गर्न प्रदेश सरकारले तयारी गरिरहेको छ । सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आगामी पुस १८ मा आह्वान गर्ने...

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
-न्युजभित्तो

चितवन, ५ पुस । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द हुने नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको हो । सडकको विभिन्न स्थानमा पुल...

५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
-न्युजभित्तो

काठमाडौँ, ४ पुस। नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘ विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते...

रोजगारीको सिलसिलामा विभिन्न देश गएका ७ सय भन्दा बढी नेपाली विदेशी जेलमा
-न्युजभित्तो

काठमाडौं, ४ पुस ।  मुलुकभित्र रोजगारीको अवसरको अभावमा प्रतिवर्ष लाखौंको संख्यामा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्। तर हाल रोजगारीको सिलसिलामा विभिन्न देश गएका ७ सय भन्दा बढी नेपाली भने विदेशी जेलमै रहेका छन् । श्रम, रोजगार...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुस १० गतेभित्र नयाँ सरकार गठनका लागि आह्वान
-न्युजभित्तो

काठमाडौँ, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले सात दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन...

पाँचदेखि १० प्रतिशतले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि
-न्युजभित्तो

काठमाडौँ,३ पुस ।  पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको छ । वार्षिक ८० करोड व्ययभार थपिने गरि ट्यांकरको ढुवानी...

बढ्न थाल्यो अण्डाको मूल्य
-न्युजभित्तो

चितवन,३ पुस ।  लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल...

विश्वकप फुटबल फाइनल : आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै
-न्युजभित्तो

काठमाडौँ,३ पुस। कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको कतारको सबैभन्दा ठूलो लुसिल रंगशालामा नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुने फाइनल खेलमा साविकको विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा...