सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरकारीको आयात रोकेमा मात्र स्वदेशमै आत्मनिर्भरता सम्भावना बढ्ने


  •    न्युजभित्तो/१८ असार २०८०, सोमबार १४:४३ 
  • नवलपरासी,१८ असार। यदि तरकारी बाहिरबाट आयात नगर्ने हो भने मात्र स्वदेशमै आत्मनिर्भरता सम्भावना बढ्ने देखिन्छ । तर बर्षनी विदेशबाट अरवौको तरकारी आयात गर्ने गरेकोले स्वदेशी तरकारीले चाहेको मुल्य पाउन नसकेर किसानहरु उत्पादनतर्फ उत्साहित भएर लाग्न सकेका छैनन् ।

    नवलपरासीको मध्यविन्दु वार्ड नं. ७ मा अवस्थित तरकारी खाद्यान्न तथा तरकारी सप्लायर्सका प्रोप्राइटर विष्णु सुवेदीका अनुसार भारत, चीन, बंगलादेश तथा इन्डोनेसियाबाट आयात हुने तरकारी भन्दा नेपाली तरकारी ज्यादा महँगो हुने भएको उनको गुनासो छ । नेपालमा उत्पादन भएका तरकारी महँगो बेच्न गार्हो भएको कुरा उनले औलाए ।

    परनिर्भरताले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्छ । हरेक बस्तुको आयातले नेपाली उत्पादनमा ह्रास आउने गरेको हुन्छ । विदेशी सामान पूर्ण रूपमा आयात गर्न बिस्तारै बन्देज गर्न जरुरी छ भने अनि मात्र नेपाली उत्पादन बढ्ने छ । देश समृद्धि हुन आयात होइन् निर्यातमा जोड दिनुपर्छ ।

    नेपाली बजारमा पाइने आलु, प्याज र गोलभेँडा भारत, चीन, बंगलादेश तथा इन्डोनेसियाबाट आयात भएको छ । यस्ता बस्तुको उत्पादन नेपालमा गर्ने हो भने नेपाल विदेशबाट यस्ता बस्तुको निर्यातमा जोड दिनुपर्ने कुनै अर्थ रहने थिएन ।

    हाम्रो देश कृषिप्रधान देश हो तर उत्पादन हामी विदेशको खाने गर्छौं । यो पाराले देशको आर्थिक समृद्धि कसरी सम्भव छ ? चाहे जेहोस् हामीले विदेशी उत्पादनमा भन्दा नेपाली उत्पादनमा भरपर्नु राम्रो हुन्छ । विषादी प्रयोग भएका तरकारीका कारण विविध रोग लाग्ने गरेको पाइन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.