सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने


  •    न्युजभित्तो/२८ असार २०८०, बिहीबार १०:३३ 
  • काठमाडौं, २८ असार । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने भएको छ।

    यसअघि हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि विशेष कारण देखाउँदै आजलाई सारिएको हो। प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको बजेट अर्थात् विनियोजन विधेयकमाथि छलफल सकिइसकेको छ।

    विहान १० बजे सुरु हुने बैठकमा आज छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसपछि विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्राप्त खर्च कटौतीको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

    आजै बस्ने राष्ट्रियसभाको दोस्रो बैठकमा आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनका अनुसार आजै राष्ट्रियसभाको तेस्रो बैठक पनि बस्नेछ। जसमा विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा सैद्धान्तिक विषयमा छलफल हुनेछ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.