राष्ट्रिय
चितवन, १२ मङ्सिर । १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गरेका छन्...
काठमाडाैँ,१२ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएकाे राजीनामा स्वीकृत भएकाे छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त राजीनामा स्वीकृत गरेकाे कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जनाएका छन् । स्वास्थ्यमा समस्या देखाउँदै वरिष्ठ...
खोटाङ,१२ मङ्सिर । नेकपा (माओवादी केन्द्र) खोटाङलेका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका/नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो...
धनुषा, १२ मङ्सिर । प्रदेशसभा गठन भएको लामो समय बितीसक्दा पनि प्रदेश नं २ को प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिले पूर्णता पाउन सकेको छैन । प्रदेशसभा गठन भएको झन्डै चार वर्षमा पनि पूर्णता नपाउँदा समिति निष्क्रिय भएको छ । प्रदेशसभा...
काठमाडौं,१२ मंसिर। सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको...
काठमाडौँ, १२ मङ्सिर । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताउनुभएको छ । कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा...
भरतपुर, १२ मङ्सिर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय...
झापा, १२ मङ्सिर । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र...
कञ्चनपुर, १२ मङ्सिर। पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ ।से४प ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने...
रुपन्देही,१२ मंसिर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले महाधिवेशनलाई ‘निभ्ने बेला चम्केको दीयो’ भन्दै टिप्पणी गरेका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले राष्ट्रिय राजनीतिले जनतालाई भ्रममा पारेको बताउँदै चितवनमा जारी...











