सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका


  •    न्युजभित्तो/१५ मंसिर २०७८, बुधबार १२:३६ 
  • धादिङ, १५ मङ्सिर । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् ।

    खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन् । घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै हो । नत्र हातमुख जोर्ने अर्को कुनै विकल्प छैन भन्छन् कालीबहादुर । “आफ्नो खेतबारी छैन । भएको थोरै खोरियामा दुई महिनालाई पुग्ने अन्न पनि फल्दैन । बाँकी समय हामी त भोकै हो । हामी गरिबलाई कसले हेर्छ र ?” उनको भनाइ छ ।

    मैलो फाटेका केही पुराना लुगाको भरमा वर्षाैं काटेका चेपाङ परिवारका बालबच्चा गाउँ नजिकै रहेको विद्यालयमा जाँदासमेत पुरानो लुगा र खाली खुट्टामा जाने गर्दछन् । कालीबहादुरको परिवारमात्र होइन, सिमथलीका चेपाङ समुदायको दुःख करिब उस्तै छ । घरमा खानेकुरा छैन । जाडो मौसममा आगोको भरमा रात काट्नुपर्छ भने विद्यालय जानेहरुले दिउँसोको खाजाको भरमा रात काट्नुपर्छ ।

    सिमथलीमा रहेको प्रजा आधारभूत विद्यालयमा आउने विद्यार्थीहरुको अवस्था हेर्ने हो भने पनि उस्तै छ । अधिकांश विद्यार्थी भोकै विद्यालय आउँछन् । विद्यालय आएपछि खाजा बनाउने ठाउँ हेर्छन् र दिउँसोको खाजाको पर्खाइमा बस्छन् । अघिल्लो दिनको खाजाले भोक लागेका विद्यार्थी छट्पटिएर शौचालय जाने बहानामा खाजा बनाएको हेरेर कक्षामा फर्कने गरेको टिठलाग्दो दृश्य हरेक दिन देख्न सकिने विद्यालयका शिक्षक अप्सरा मैनालीले बताउनुभयो ।

    गत वर्ष विद्यालयमा आउने विद्यार्थीको अवस्था नाजुक भएका कारण काठमाडाँैका समाजसेवी राधा श्रेष्ठले संयोजन गरी कपडा र स्टेसनरी वितरण गरिएको थियो तर एक वर्ष भइसक्दा पनि उनीहरु त्यही पुरानो कपडा र फाटेको जुत्तामा विद्यालय जानु उनीहरुको दैनिकी भइसकेको छ ।

    विद्यालय आउने तर घरमा अभिभावक नहुनेहरु झनै समस्यामा छन् । नियमित विद्यालय आउने छ वर्षीय डेप चेपाङ र आठ वर्षीय कमल चेपाङको आमाले घर छाडेर हिँडेको लामो समय भयो । बाबु घरमै आउँदैनन् । ज्याला गर्न गएर १०÷१५ दिनमा फर्किन्छन् । मामाघरमा हजुरआमासँग बसेका उनीहरुको हालत खराब छ । विद्यालयको खाजामा जीवन चलेको छ । लगाउने लुगा छैन । जाडोको सिरेटोले काम्दै विद्यालयको दृश्य नरमाइलो किसिमको हुने गरेको शिक्षक मैनालीको भनाइ छ ।

    प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये करिब २५ प्रतिशत हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने करिब ७५ प्रतिशत विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका उहाँको भनाइ छ । घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।

    बबुलाई खोलाले बगाएर मृत्यु भएपछि कठिन सङ्घर्ष गरेर बाँचिरहेका ११ वर्षीया मनमायाँ चेपाङ र १४ वर्षीय सन्तोष चेपाङको अवस्था झनै कठिन छ । घरमा केही नभएपछि कठिन जीवन बिताइरहेको चेपाङ परिवारको कथा जस्तै लागे पनि यो वास्तविकता नयाँ स्थानीय सरकार बनेपछि पनि गरिबहरुले एक छाक खानसमेत उस्तै अवस्था छ ।

    स्थानीय सरकार आएको चार वर्ष वितिसक्दा पनि अझैसम्म उनीहरुको आर्थिक अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.