राजनीति

कांग्रेस समृद्ध नेपाल निर्माणका अभियानमा लाग्नेछ : नेता बस्नेत
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन् । नेपाल तरुण दलका अध्यक्षसमेत रहेका उनका सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘सम्मान कार्यक्रम’मा उनले पार्टीको १४औँ...

माओवादी राष्ट्रिय सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि ?
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी...

बागमती प्रदेशको बैठक एमालेद्वारा अवरुद्ध
-न्युजभित्तो

मकवानपुर, ८ पुस । बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म...

कांग्रेस महाधिवेशन : दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’,...

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते
-न्युजभित्तो

काठमाडौं,८ पुस। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् । आज सबै केन्द्रीय...

‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’
-न्युजभित्तो

बनेपा, ७ पुस । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । स्थानीय सरकार रिक्त...

आज बस्न लागेको न्याय सेवा आयोगको बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं ७ पुस । न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार बस्न लागेको न्याय सेवा आयोगको बैठक लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको स्रोतले बतायो । स्रोतका...

प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित
-न्युजभित्तो

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । अग्निप्रसाद सापकोटाले आज बसेको प्रतिनिधिसभा बैठक १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले...

एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही हुन् : सांसद प्रेम सुवाल
-न्युजभित्तो

काठमाडौं, ७ पुस  । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई समर्थन गर्नेहरु देशद्रोही भएको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । नेपाल र...

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने
-न्युजभित्तो

काठमाडौँ, ७ पुस  । नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिनुभयो । चिनियाँ...