राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण
-न्युजभित्तो

मकवानपुर, २ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट निर्माण गरिदिनुभएको घर मकवानपुरको मनहरी गाउँपालिका-९ की मिठुमाया सुनारलाई हस्तान्तरण गर्नुभएको छ । आज यहाँ एक कार्यक्रम आयोजना गरी उहाँले घरको साँचो हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा...

केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
-न्युजभित्तो

काठमाडौँ, २ कात्तिक । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिको म्याद थप्न नहुने माग गरेका छन् ।  पार्टीका नेता गुरु घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायतले आज यहाँ पत्रकार सम्मेलन गरी कुनै पनि अवस्थामा केन्द्रीय समितिको म्याद थप्न नहुने बताउनुभएको...

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
-न्युजभित्तो

पाटन (ललितपुर), २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताउनुभएको छ । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा...

राष्ट्रपति पौडेलसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस
-न्युजभित्तो

काठमाडौं, ३१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो । यसैबीच आदिवासी...

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव
-न्युजभित्तो

काठमाडौँ, ३१ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने...

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल
-न्युजभित्तो

काठमाडौँ, ३१ असोजः गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत...

नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-न्युजभित्तो

वासिङ्टन डिसी (अमेरिका), ३१ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ । बिहीबार विश्व बैंक समूहले यहाँ आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना
-न्युजभित्तो

काठमाडौँ, ३१ असोज । सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग...

कोशी प्रदेश सरकारद्वारा मृत्यु भएका परिवारलाई राहत वितरण
-न्युजभित्तो

झापा, ३० असोज । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप रु ३४ लाख ५० हजार वितरण गरेको छ । प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको...

सञ्चारमन्त्री खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित
-न्युजभित्तो

काठमाडौँ, ३० असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कार’बाट सम्मानित हुनुभएको छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले आज जमलस्थित राष्ट्रिय नाचघरमा अयोजना गरेको नाट्यसङ्गीत एवं सञ्चार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा...